राजनीति

पूर्वप्रधानन्यायाधीश कार्कीको मुद्दामा एमिकस क्युरी मगाउने

charchaonline

काठमाडौँ, सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगसम्बन्धी मुद्दामा ‘एमिकस क्युरी’ (अदालतको सहयोगी) मगाउने आदेश जारी गरेको छ । 

कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले आज एमिकस क्युरी झिकाउने आदेश जारी गरेको हो । 

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गराइएको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता सुनीलरञ्जन सिंहले रिट निवेदन दायर गर्नुभएको थियो । तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवाललाई प्रहरी महानिरीक्षकमा बढुवा विवादको विषयलाई लिएर संसद्मा महाअभियोगको मुद्दा दर्ता भएको थियो । सोहीविरुद्ध रिट निवेदन दर्ता गरिएको थियो । 

सो निवेदनमाथिको सुनुवाइमा न्यायाधीश चोलेन्द्र शम्शेर जबराले अन्तरिम आदेश जारी गर्नुभएको थियो । सोही मुद्दामा आज एमिकस क्युरी मगाउने आदेश जारी गरेको हो । 

तपाइको मत

0
0
0