विदेश

हैजाबाट थप १० को मृत्यु

charchaonline

अबुजा,  (रासस÷सिन्ह्वा) ः नाइजेरियाको उत्तरपूर्वी क्षेत्रको बौंची राज्यमा फैलिएको हैजाबाट थप १० जनाको ज्यान गएको छ । 

अहिलेसम्म हैजाबाट सो राज्यमा १५० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । यसको प्रकोपबाट बच्न विशेष सतर्कता कार्यक्रमहरु अपनाइएको समाचारमा जनाइएको थियो । 

तर उक्त क्षेत्रमा केही हैजाको प्रकोप भने पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । यसबाट गतहप्तामात्र १२ जनाको मृत्यु भएको थियो । 

हैजाबाट प्रभावित अरु कैयौँ नागरिक अस्पताल भर्ना भएका छन् । स्थानीय स्वास्थ्य अधिकारीहरुले शुक्रबारदेखि सो क्षेत्रमा हैजाका सयौँ बिरामी अस्पताल भर्ना भएका बताएका छन् । 

विश्व स्वास्थ्य संगठनको समेत सहयोगमा हैजाको प्रकोप फैलिएको उक्त बांैची राज्यका पाँचवटा जिल्लामा यस्तो सतर्कता कार्यक्रम शुरु गरिएको छ । 

अहिलेसम्म ती जिल्लामा मात्र ४०० जनाभन्दा बढीलाई हैजाको प्रकोप भएकोले अधिकारीहरुले विशेष कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0