राजनीति

प्रधानमन्त्रीद्वारा बिहीबार बिहान ९ बजे सर्वदलीय बैठक आह्वान

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । 

नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेताको बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभएको छ । 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0