समाज

धनुषाका सामुदायिक विद्यालय आजदेखि बन्द गरिने

जनकपुरधाम, प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आजदेखि बन्द गर्ने निर्णय गरिएको छ । 

जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । कार्यालयको वार्षिक शैक्षिक कार्यक्रमअनुरूप जाडो बिदा पुस २४ गतेदेखि माघ ५ गतेसम्म हुनेभएकोमा अधिक चिसोका कारण शैक्षिक कार्यक्रम पूर्व नै बिदा दिनुपरेको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले बताउनुभयो । 

सार्वजनिक विद्यालय पुस १९ गतेदेखि माघ १ गतेसम्मका लागि बन्द गरिएको बताइएको छ 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0