साहित्य/मनोरञ्जन

इस्वी सन्को नयाँ वर्ष २०१८ सोमबारदेखि

charchaonline

काठमाडौँ, गे्रगोरियन पात्रोअनुसार सोमबार नयाँ वर्ष इस्वी सन् २०१८ शुरु हुँदैछ । 

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को शुरुवात भएको हो । सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवत्सम्बन्धी अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्त बताउनुहुन्छ । 

“इस्वी सन्मा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटक पटक विवादमा आएको संवत् हो”, उहाँले भन्नुभयो । 

पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ । 

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघि देखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0