आर्थिक

सूर्य नेपालको कल्याणकारी कोषको रकम असुलउपर नगर्न अन्तरिम आदेश

charchaonline

काठमाडौँ, सर्वोच्च अदालतले सूर्य नेपाल प्रालिको प्रतिष्ठानस्तरको कल्याणकारी कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुलउपर नगर्न÷नगराउन आन्तरिक राजश्व विभागका नाममा अन्तरिम आदेश दिएको छ । 

न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज सो प्रालिको प्रतिष्ठानस्तरको कल्याणकारी कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुलउपर नगर्न÷नगराउन सो आदेश दिएको हो । 

आदेशमा बोनसबापत छुट्याइएको रकममध्ये वितरण नभएको रकम आयमा समावेश गरी कर निर्धारण गरेको देखिदा सोबमोजिम रकम आयमा समावेश गर्न नमिल्ने र निवेदनको अन्तिम टुंगो नलागेसम्म कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुल्न उपर नगर्न भनिएको छ । (रासस) 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0