अन्तर्वार्ता

मधेशीको लागि जल, जमिन र जंगलमा न्याय पूर्ण साक्षेदारी दिलाउन संघर्ष जारी छ : सांसद प्रमिला यादव

charchaonline

सुनसुरी कोशी गाउपालीका – १ घर भएका सांसद प्रमिला यादव राष्ट्रयसभा सदस्य हुनुहुन्छ ।

संघीय समाजवादी फोरम नेपालका तर्फबाट राष्ट्रय सभा सदस्य प्रमिला यादव मधेशी जन अधिकार फोरम नेपालमा एक मात्र संस्थापन महिला सदस्य हुन् ।

चर्चाको पाँच प्रश्नमा सांसद प्रमिला यादव भन्नुहन्छ, समग्र मधेशमा शासन प्रशासन नभएपनि ८ जिल्लाको प्रदेश नं. २ मा मधेशीले मुख्यमन्त्री लालबाबु राउतलाई पाएको छ । बिस्तारै बाँकि क्षेत्रमा पनि आउने आशा गरेका छौ । राष्ट्रय र अन्तर्राष्ट्रिय जगतमा मधेशी जनताले पनि पहिचान पाएको छ । 
विकासको बारेमा सांसद यादवको चर्चा यस्तो छ :-

राजपा र फोरमको प्रदेश सरकारले विकासका योजना सञ्चालन गरेका छन् । मधेशी नेतृत्व र हाम्रो पार्टीको नेतृत्व रहेको निकायमा विकासको गतिविधि अगाडि बढेको छ । 

सांसद यादव भन्नुहुन्छ, मधेशीको लागि जल, जमिन र जंगलमा न्याय पूर्ण साक्षेदारी बनाउन अझै संघर्ष जारी राखेका छौ । 

मैले निति तथा कार्यक्रम २०७५ मा संशोधन दर्ता गराएको थिए । साथै यसले दबाब पनि सृजना गरेको थियो । संशोधन प्रस्तावले सम्पति, शक्ति र प्रतिष्ठामा दलित, जनजाति, महिला, अल्पसंख्यक लगायत पछाडि पारिएका समुदायको मानव विकास सुचांकमा पहुच पुग्ने निश्चित थियो । खास गरी राजनीतिमा यी वर्गका पहुँचका लागि आरक्षण पनि जरुरी रहेको छ । 

सांसद प्रमिला यादवले नेपाली राजनीतिक नेतृत्वको बारेमा खुलेर विष्लेषण गर्नुहुन्छ । उहाँको भनाइमा, हाम्रो सामाजिक चलन अनुसार समाजमा दुई किसिमका नेता नेतृत्वमा आउने गर्दछन् ।

एउटा आर्शिवाद पाएर अर्को योग्यताले अर्जीत गरेर । आर्शिवाद पाएकाहरुले चाकडीमै विश्वास गर्दछन्, कतिपय वशंजका कारण राजीतिमा मौका पाएका हुन्छन् । तर, योग्यताको आधारमा नेतृत्व पाएका नेताहरुले देशमा वैज्ञानिक सिद्धान्तको आधारमा कार्य गरेको पाइन्छ । अब योग्यताको आधारमा जसले क्षमता प्रदर्शन गर्ने छ नेपालको राजनीतिक उसैको हातमा रहने छ । 

खासगरी राजनीतिक नेतृत्व गर्ने अवसर पाएको खण्डमा सांसद यादवले देशमा केही ठोस सुधार ल्याउने प्रतिवद्धता गर्नुहुन्छ । उहाँका अनुसार 

— प्रदेशलाई सैविधानिक रुपले अधिकार सम्पन्न बनाउने
— स्थानीय तहलाई प्रदेशको विधान अनुरुप अधिकार सम्पन्न बनाउने
— अकेन्द्रीत सिद्धान्तमा जोड दिने 
— केन्द्रमा साझा शासन र प्रदेशमा विविधतालाई सम्बोधन गर्न स्वशासनमा जोड दिने ।
— संघवादको सिद्धान्तलाई प्रथमिकता दिइ आधुनीक संघियताको विकास गर्ने ।
— महिला, दलित, आदिवासी जनजाती अल्पसंख्यक लगायतका पछाडी पारिएका समुदायलाई समाजिक न्याय दिलाउन कार्य गर्ने । 
— प्रविधिमा पहुँच पुर्याइ समाजलाई सवल, शसक्त र सक्षम बनाउने । 
यसै संकल्पका साथ राजनीतिक यात्रा गर्ने प्रमिला यादवले आफ्नो धारणा चर्चा गर्नुभयो । 


 

तपाइको मत

0
0
0