परराष्ट्र मामिला

धनुष तोडेर प्रेम सम्बन्ध जोडियो,नेपाल जमिनले मात्रै नजोडिएर अब जलमार्गले पनि भारतसँग जोडिनेछ, उसैमाथि हबाईबन्दीको आरोप

charchaonline

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ बैशाख २०७५ मा जनकपुर भ्रमणमा आउँदा भनेका थिए, “भगवान राम जनकपुरधाममा आएर धनुष तोडेको सबैलाई थाहा भएको कुरा हो । सारा संसारमा यस्तो घटना पहिलो पटक भएको थियो । जुन शस्त्र रूपी धनुषलाई तोडेर एक नयाँ सम्बन्ध जोडिएको थियो ।” 

राम र सीताको प्रसङ्लाई उठाउँदै मोदीले अयोध्या र जनकपुरधामको सम्बन्ध अर्थात् अहिलेको नेपाल र भारतवर्षको सम्बन्ध त्यही युगदेखि चल्दै आएको उल्लेख गरेका थिए । 

‘धनुष तोडेर प्रेम सम्बन्ध जोडियो । धनुष टुट्नु भनेको शस्त्र टुटनु हो, मोदीले भनेका थिए, “राम सीताको मिलन प्रेमको द्योतक हो । यो मात्र दुई आत्माको मिलन थिएन्, यो त दुई राज घरानाको मिलन पनि होइन्, बल्कि दुई संस्कृतिको मिलन थियो ।”

भारतीय प्रधानमन्त्री मोदीले भने झैं नेपाली र भारतीय जनताको रहनसहन, संस्कृतिदेखि धेरै कुरा मिलिरहेको छ । त्रेतायुगदेखिकै सम्बन्ध यो दुई देशबीचको रही आएको छ ।

यही सम्बन्धकाबीच भारत - नेपाल बीचको सहयोग  रही आएको छ । सन १९५० को सन्धी पछि नेपालको विभिन्न क्षेत्रमा भारतले सहयोग स्वरुप निर्माणको काम गर्दै आएको र सडक, विद्यालय, कार्यालय भवन र विमानस्थल निर्माणमा भारतले नेपालमा अर्वौ रुपैया सहयोग गरिएको छ ।   

नेपालमा बनाईएको ६ वटा विमानस्थलहरु महत्वपूर्ण एवं ऐतिहासिक छ । भारतको सहयोगमा बनाईएको विमानस्थलबाट दैनिक हजारौं नेपाली जनताले लाभ लिईरहेका छन् । नेपालका पहाडी जिल्लामा निर्माण कार्य गर्न अति कठिनाई भएतापनि भारतद्धारा त्यसलाई चिर्दै सडक, विमानस्थलहरु लगायतका निर्माण हुनुलाई सह्रानीय भन्नैपर्छ ।

भारतको सहयोगमा सन १९५१ देखि १९५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाई जनतालाई सहजता गराएको थियो । त्यस बखत सन १९५४ देखि १९६३ सम्मका लागि नेपाल सरकार र भारत सरकारबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल, कर्मचारी आवास र सडक निर्माणका लागि सम्झौता भएको थियो । त्यस बखत भारत सरकारको तर्फबाट भारतीय रु ४ लाख ६० हजार बराबरको काम सम्पन्न भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

भारत सरकारले १९६४ मा नेपालसँग सम्झौता गरी विराटनगर, जनकपुर, सिमरा, भैरहवा र पोखरा विमानस्थलको निर्माण गरेको थियो । जसमा कर्मचारी आवास, टर्मिनल भवन, पेटी सडक र सहायक सडकहरु निर्माण गरिएको थियो । जसको लागत ५० लाख भारतीय रुँपैया थियो ।

भारतको सहयोग र नेपालको विकास

भारतले विमानस्थल र सडक निर्माण मात्र होइन्, कृषि, सामाजिक सुरक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गर्दै आइरहेको छ । केही वर्ष अगाडि देखि अरबौं रुपैयाको लागतमा भारतले हुलाकी सडक निर्माण कार्यलाई तिब्रता दिएको छ ।

नेपालको अधिकांश जिल्लामा छात्रावास, विद्यालय निर्माण, स्वास्थ्य भवन निर्माण, सहायक सडकको निर्माण पनि भारतको सहयोगमा भएको छ । खासगरी पहाडी क्षेत्रमा लगानी गर्दा काम गर्न समस्या हुँदा पनि सबै समस्यासँग जुधेर कामहरु सम्पन्न गरेको भारतीय अधिकारीहरुले जनाएका छन् । साना सिचाई देखि ठूलो सिचाईका लागि काठमाडौंस्थित भारतीय दुतावासले प्रत्येक वर्ष केही न केही रकम छुट्याउँदै आइरहेको छ । भारतीय सहयोगले फड्को मारेको देशमा अझै पनि वर्षेनी भारतीय सहयोग भित्रिरहेको कसैसँग लुकेको छैन । यसले नेपाल भारतको सम्बन्धलाई उर्जा थप्दै लगिरहेको नेपाल भारत मैत्री संघका सप्तरी अध्यक्ष मनोज मुन्धडा बताउँछन् । 

हवाई रुटमा अपरिहार्य सहयोग

विदेशबाट नेपाल आउने जहाजहरु भारत हुँदै नेपाल प्रवेश गरिरहेका छन् । हवाई रुट प्रयोग गर्न दिएर भारतले नेपाललाई सहयोग गरिरहेको छ ।
विदेशी एयरलाइन्सहरुले दुईवटा विन्दुबाट नेपाल छिर्न पाउँछन । कोरिया, मलेसिया, हङकङ, बंगलादेशबाट आउने विमान सिमरा हुँदै प्रवेश गर्छन । भुटानबाट आउने विमान तुम्लिङटारमाथिको हवाई विन्दुबाट पस्छन । नेपालबाट बाहिरिँदा महेन्द्रनगरबाट दिल्ली, भैरहवाबाट लखनउ, जनकपुरबाट पटना र कोलकाता तथा विराटनगरबाट ढाका रुट मात्र प्रयोग गर्न पाइन्छ । 

भुटानका लागि बनाइएको मेची-तुम्लिङटारको हवाई विन्दु भने दुईतर्फी हो । यो रुट भुटानका हवाई कम्पनीले मात्रै प्रयोग गर्छन । उत्तर ल्हासातर्फको रुट पनि दुईतर्फी छ । यो रुट ल्हासाबाट नेपाल आउने विमानले मात्रै प्रयोग गर्छन । चीनका अन्य सहरबाट आउने विमान भने भारतबाट सिमरा हुँदै पस्नुपर्छ ।

सरकारले सन् २००९ मा भारतसँग वार्षिक १५ लाख ६० हजार हवाई सिटको सम्झौता गरेको छ । दुवै मुलुकले दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नई, हैदरबाद र कोलकातामा प्रति साता ३० हजार सिट यात्रु उडाउन पाउँछन । नेपालबाट भारतका देहरादून, बागडौरा, गोरखपुर लगायत २१ वटा पर्यटकीय शहरमा भने जति पनि यात्रु आउजाउ गर्न पाउँछन । 

यद्यपि विगत केही समयदेखी भारतले हबाई रुट दिन मानेन, हवाई नाकाबन्दी ग¥यो, नेपाली हवाई मार्गमा अबरोध पु¥यायो जस्ता प्रायोजित सन्देशहरु प्रवाह गरिँदैछ । जसले नेपालको हवाईमार्गको नक्सा को¥यो, उसै माथि यसप्रकारको आरोपहरु लगाउनु दुःखद हो । 

 नेपाल भारत सम्बन्धमा नयाँ आयाम

भारतीय लगानी नेपालको विकासमा थप उर्जा प्रदान गरिरहेको छ । नेपाल–भारतको सम्बनधलाई अझै उचाइँमा पु¥याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ३ पटक नेपाल भ्रमणमा आईसकेका छन् । भ्रमणमा आएको समयमा मोदीले नेपालको सम्बन्ध विस्तारका लागि केही न केही विकासिय योजनाहरु दिएकै छन् । यसबीचमा योजनाहरु कार्यान्वयनमा आएर कतिपय स्थानमा काम सम्पन्न पनि भईसकेको छ । 

मोदी नेपाल आउँदा भनेका थिए, “नेपाल जमिनले मात्रै नजोडिएर अब जलमार्गले पनि भारतसँग जोडिनेछ ।” यो कार्य कार्यान्वयनका लागि नेपाल सरकारले जलमार्ग अध्ययन सुरु गरिसकेको छ ।  नेपालका पर्यटन, जलस्रोत लगायतका पूर्वाधारका विकासका लागि पनि मोदीको नेपाल भ्रमणलाई महत्वपूर्ण मानिएको छ । 

 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0