राजनीति

प्रदेश २ मा कर्मचारी भर्ना गर्ने बाटो खुलेपछि मधेशवासी उत्साहित

charchaonline

काठमाडौँ । लामो समयको प्रयासपछि प्रदेश २ को सरकारले करारमा कर्मचारी भर्ना गर्ने बाटो खोलेपछि मधेशवासी उत्साहित भएका छन्।

प्रदेशसभाबाट पारित भएको ‘प्रदेश नम्बर २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो।

यो सहित प्रदेश २ का दुई वटा विधेयक प्रमाणिकरण गरिएको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको हो। प्रदेशसभाको बैठकबाट पारित गरिएका दुई विधेयकलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार प्रमाणीकरण गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईंका अनुसार प्रमाणीकरण भएका ऐनहरुमा ‘प्रदेश २ को प्रशासकीय कार्यविधि विधेयक, २०७५ु’ र ‘सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ु छन्।’

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0