राजनीति

संविधान संशोधनको शर्तमा सरकारमा सहभागी : शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई

charchaonline

नेपालगञ्ज, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संविधान संशोधन गर्नुपर्ने सर्त राखेर पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ । 

आज यहाँ आयोजना गरिएको सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं ५ र कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका अवसरमा उहाँले सर्त पूरा गर्न सरकारको नेतृत्व गरेको दल सकारात्मक रहेको जानकारी गराउनुभयो । 

आप्mनो मन्त्रालयले आवश्यकताका आधारमा जिल्लामा बजेट खर्च गरिरहेको उल्लेख गर्दै उपेक्षामा परेको कर्णाली प्रदेशका लागि पनि ठोस विकास योजना बनाउने तयारीमा रहेको बताउनुभयो । प्रशिक्षणमा सहभागी अगुवा कार्यकर्ताले जिल्लामा गएर पार्टी सङ्गठन विस्तारका लागि खटिनुपर्ने र ग्रामीण तहसम्म सङ्गठन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा वरिष्ठ नेता अशोक राईले आफ्नो दल तराई, पहाड र हिमालसम्म सङ्गठन विस्तार अभियानमा लागेको बताउनुभयो । (रासस)
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0