खेल

ए’ डिभिजन लिग फुटबल खेलमा जावलाखेल विजयी

charchaonline

काठमाडौँ, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको छ । 

हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले हराएको हो । जावलाखेलका लागि विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे । उनले खेलको ५९औँ मिनेटमा गोल हाने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेलमा जावलाखेलका राकेश हमालले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै जावलाखेल सात अङ्कसहित दशौँ स्थानमा उक्लिएको छ । एपिएफ १० अङ्क जोडेर आठौँ स्थानमा छ । रासस
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0