खेल

महिला विश्वकपमा इङल्यान्ड र अस्ट्रेलिया भिड्ने,श्रीलंका–इङ्ल्यान्ड टेस्ट शुरु

charchaonline

नर्थसाउन्ड, एन्टिगा, वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् । 

पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेट गुमाई ११२ रन मात्र बनाएको थियो । 

जवाफमा इङ्ल्यान्डले १७.१ ओभरमा दुई विकेट गुमाई निर्धारित लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डका लागि एमी जोन्सले अविजित ५३ र नाताली सिभरले अविजित ५२ रन बनाएका थिए । 

यस्तै, दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ७१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्नु परेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १४२ रन बनाएको थियो । 

जवाफमा वेस्ट इन्डिजको टोली १७.३ ओभरमा ७१ रनमै समेटिएको थियो । अब फाइनल खेल आगामी आइतबार हुनेछ । 

बंगलादेश–वेस्ट इन्डिज टेस्ट क्रिकेट 

बंगलादेशमा जारी बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो टेस्टमा बंगलादेशको टोली पहिलो इनिङमा ३२४ रनमा समेटिएको छ । 

बिहीबार ८ विकेटको क्षतिमा ३१५ रन बनाएको बंगलादेशले दोस्रो दिन ४.४ ओभरमा बाँकी २ विकेट गुमाएको थियो । वेस्ट इन्डिजका जोमेल वार्रीकानले दुवै विकेट लिएका थिए । 

श्रीलंका–इङ्ल्यान्ड टेस्ट 

कोलम्बो – श्रीलंका र इङ्ल्यान्डबीचको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट प्रतियोगिता कोलम्बोमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान जो रुटले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । 

यसअघिका दुवै टेस्ट इङ्ल्यान्डले जितिसकेको छ । तेस्रो टेस्टमा इङ्ल्यान्डका तर्फबाट जेम्स एन्डरसनको स्थानमा स्टुआर्ट ब्रोड र साम कुरानको स्थानमा जोन्नी बेयरस्टले खेल्ने छन् । रासस/एएफपी
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0