परराष्ट्र मामिला

भारतीय दूतावासद्वारा आइटेक तथा मौलाना आजाद दिवस मनाइयो

charchaonline

काठमाडौँ, भारतीय दूतावासद्धारा नेपालका सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराज मणि पोखरेलको प्रमूख आतिथ्यमा भारतीय प्राविधिक तथा आर्थिक सहकार्य(आइटेक) तथा मौलाना आजाद दिवस होटल हयात, काठमाडौँमा मनाइयो ।

नेपालका लागि भारतीय राजदूत श्री मञ्जीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी तथा कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमार्फत प्रशिक्षण प्रदान गरेर आइटेक कार्यक्रमले नेपालमा मानवस्रोत विकासको प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो । सो समारोहमा आइटेक कार्यक्रमका करिब १५० जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

आफ्ना कर्मचारीहरुको प्रशिक्षण तथा मानवस्रोत विकासका लागि आइटेक कार्यक्रमको लाभ लिएका नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागहरुका वरिष्ठ सचिवहरु तथा अधिकारीहरुले पनि उक्त समारोहमा सहभागीता जनाएका थिए ।

आइटेक कार्यक्रमअन्र्तगत कम्पुटर, इन्जिनियरिंग, सूचना प्रविधि, पत्रकारिता, बैंकिंग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिंग, मानवशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, व्यापार योजना तथा प्रवर्धन, लेखा तथा वाणिज्यलगायतका विद्याहरुमा प्रशिक्षण दिने गरिन्छ ।

आइटेक दिवसको अवसरमा भारतको पहिलो शिक्षामन्त्रीको रुपमा स्थापनामा अग्रणी भुमिका निर्वाह गर्नुभएका भारत रत्न मौलाना अ्बदुल कलाम आजादको १३० औं जन्म जयन्ती पनि मनाइयो । यस अवसरमा स्वामी विवेकानन्द संस्कृतिक केन्द्र, काठमाडौँका विद्यार्थीले आकर्षक सांस्कृतिक प्रस्तुती पनि गरे ।

 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0