आर्थिक

बर्दियामा पहिलो पटक प्रादेशिक कृषि, पर्यटन तथा औधोगीक व्यापार महोत्सव

charchaonline

मुरली गोडिया,,गुलरिया बर्दिय,बर्दियामा पहिलो पटक प्रादेशिक कृषि, पर्यटन तथा औधोगीक व्यापार महोत्सव २०७५ आयोजना हुन लागेको छ । समृद्ध प्रदेश न.. ५ को प्रमुख आधार, कृषि, पर्यटन, उद्योग, संस्कृति र पुर्वधार भन्ने मुल नारा सहित यहि मंसिर २७ गते देखी पौष ८ गते सम्म महोत्सव बर्दियाको सदरमुकाम गुलरियामा गर्न लागिएको हो ।

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागी उद्योग व्यापार, शिक्षा, स्वास्थ्य, कृषी र पर्यटन क्षेत्रको प्रर्वद्धनमा पु¥याउने, आन्तरिक बजार सवलीकरणका लागी व्यवसायिक उत्थान तथा निकासी योग्य बस्तुमा जोड दिने लक्ष्यले महोत्सवको आयोजना गर्न लागिएको उद्योग बाणिज्य संघ तथा प्रादेशिक कृषि, पर्यटन तथा औधोगीक व्यापार महोत्सवका संयोजक बीर बहादुर चौधरीले जानकारी दिनु भयो ।

उद्योग बाणिज्य संघ गुलरियाले विहिबार गुलरियामा पत्रकार सम्मेलन गर्दै कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले व्यवसायिक प्रतिस्पर्धाको बाताबरणको सृजता गराई लगानीका अवसरको सृजना गर्ने, विभिन्न मुलुकहरुमा उत्पादित बस्तु एवं सेवाहरुको बृहत प्रदर्शनी गरि व्यापक प्रचार प्रसारमा सहयोग पु¥याउने मुख्य उद्धेश्य बताउनु भयो । बस्तु उत्पादनका प्रविधिीको क्षेत्रमा नयाँ उपलब्धिहरुलाई जनमानसमा प्रस्तुत गर्ने, समग्र देशको विकासको लागी यस क्षेत्रको मौललिक कला, साहित्य र संस्कृतिको जगेर्न गर्दै प्रवृद्र्धनमा सहयोग पु¥याउने उद्धेश्यहरुको जानकारी दिनु भयो । 

२ सय वटा व्यापारिक स्टलहरु रहने महोत्सवमा २ लाख अवलोकन कर्ताहरुले अवलोकन गर्ने, देश भित्र बाहिरा उद्योगी एवंं व्यवसायिहरु, आम उपभोक्ताहरु, वित्तिय संघ संस्थाहरु, किसान, शिक्षक अनुसन्धानकर्ता लगायत छिमिकी मुलकका उद्योगी, पर्यटकहरु महोत्सवका लक्षित अवलोकनकर्ताहरु रहने र करिव ५ करोडको आर्थिक कारोबार गर्ने बताइएको छ ।

महोत्सवको विशेष आकर्षणका रुपमा नेपालको ऐतिहासिक चिनारी नेपालीको शान नेपालको गौरवको रुपमा रहेको धरहराको सम्झना स्वरुप महोत्सव अवधिभरका लागी ४० देखी ५० जना सम्म एकैपटक अवलोकन गर्न सक्ने क्षमता भएको गुणस्तरिय धराहराको प्रदर्शनी र नेपालका लागी विशेष मानिे ऊटको नृत्य प्रदर्शनी, विश्वको होचो व्यक्तिको प्रर्दशनी रहेने अयोजकले जनाएको छ । त्यसैगरि ५ नं प्रदेश क्षेत्रका आदीवासीहरुको संस्कृति भेषभुषहरुको प्रदर्शनी, कृषी जन्य बस्तुहरुको प्रतियोगीतात्मक प्रदर्शन, प्रादेशिक स्तरको एकल गायन प्रतियोगीता निशुल्क आँखा उपचार शिविर महोत्सवका आकर्षणका रुपमा रहने जनाइएको छ । 

महोत्सवमा टिकट दर रु ६० तथा विधार्थीका लागि सहुलियत रु ४० रहेको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले यो प्रदेशिश व्यपार महोत्सव जिल्लाकै प्रतिष्ठाको रुपमा रहेको हुँदा विगतका एवं अन्य महोत्सवको तुलनामा एक विशिष्ट महोत्सव भएकाले सम्पुर्ण संचारकर्मीहरुलाई जिल्लाको पहिचान गराउनका लागी पनि व्यापाक प्रचार प्रसार गर्नुपर्नेमा जोडदिनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर दैनिकका उपसम्पादक कमल पन्थिले एक टोली बनाई प्रदेश ५ का १२ बटै जिल्ला भएका पर्यटकिय क्षेत्र लगायत महोत्सवको बारेमा प्रचार प्रसाद एवं समन्वय गर्द अझ राम्रो हुने सुझाव दिनुभयो । महोत्सव उद्योग बाणिज्य बर्दिया गुलरिया मुख्य आयोजक र नेपाल उद्योग बाणिज्य महासंघ टेकु काठमाण्डौ एवं नेपाल बाणिज्य महासंघ ५ नं. प्रदेश बुटवलको आयोजनामा हुन लागिएको हो । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0