साहित्य/मनोरञ्जन

नेपाली गायिकाले प्रधानमन्त्री मोदीलाई याद दिलायो उहाँको नेपाल भम्रण

charchaonline

भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्युले नेपालको प्रख्यात शास्त्रीय साङ्गीतिक समुह ‘सुरसुधा’की मुख्य गायिका सरस्वती खत्रीको प्रंशसा गर्नुभएको छ । उहाँले 2018 अक्टुबर 22 का दिन 1720 बजे एक ट्वीट गरी गायिका खत्रीको प्रंशसा गरेका हुन ।

 

गान्धीजी को प्रिय भजन “वैष्णव जन” #सुरसुधा सांगीतिक समूह नेपालकी सरस्वती खत्रीको सुमधुर आवाजमा श्रवण गर्न पाउँदा मेरो  नेपाल भ्रमणको स्मृतिहरू ताजा भएको छ | “पीर पराई जाने रे” भजनले भारत र नेपालको सभ्यतामा निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ | #Gandhi150 https://t.co/psAUp8lD7c

— Narendra Modi (@narendramodi) October 22, 2018



 

 

गायिका खत्रीको स्वरमा रेर्कड गरिएको महात्मा गान्धीका प्रिय भजन ‘बैष्णव जन ते तेने कहिए’ श्रवण गरेपश्चात प्रधानमन्त्री श्री मोदीले सो ट्वीट गरी गायिका खत्रीको स्वरमा उक्त भजन श्रवण गर्न पाउँदा आफ्नो नेपाल भम्रणको स्मृति ताजा भएको उल्लेख गर्नुभएको छ ।

विश्व शान्तिका प्रणेता महात्मा गान्धीज्युको १५० औं जन्म जयन्ती मनाउनका लागि २०१८ अक्टुबर २ तारिखका दिन नेपालका उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री सम्माननीय श्री ईश्वर पोखरेलेको प्रमुख आतिथ्यमा राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा पनि गायिका खत्रीले उक्त भजन गाउनुभएको थियो । उपप्रधामन्त्री श्री पोखरेलले पनि खत्रीको प्रशंसा गर्नुभएको थियो भने उपस्थित दर्शकदिर्घा समेत उहाँको भजनले मन्त्रमुग्ध भएका थिए । 

प्रधानमन्त्री मोदीले आफ्नो ट्वीट मार्फत गान्धीको सो प्रिय भजनले नेपाल र भारत दुबै देशको मुल्य–मान्यतालाई प्रतिविम्बित गर्ने बताएका छन् ।  

भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्युले नेपालको प्रख्यात शास्त्रीय साङ्गीतिक समुह ‘सुरसुधा’की मुख्य गायिका सरस्वती खत्रीको प्रंशसा गर्नुभएको छ । उहाँले 2018 अक्टुबर 22 का दिन 1720 बजे एक ट्वीट गरी गायिका खत्रीको प्रंशसा गरेका हुन ।

गायिका खत्रीको स्वरमा रेर्कड गरिएको महात्मा गान्धीका प्रिय भजन ‘बैष्णव जन ते तेने कहिए’ श्रवण गरेपश्चात प्रधानमन्त्री श्री मोदीले सो ट्वीट गरी गायिका खत्रीको स्वरमा उक्त भजन श्रवण गर्न पाउँदा आफ्नो नेपाल भम्रणको स्मृति ताजा भएको उल्लेख गर्नुभएको छ ।

विश्व शान्तिका प्रणेता महात्मा गान्धीज्युको १५० औं जन्म जयन्ती मनाउनका लागि २०१८ अक्टुबर २ तारिखका दिन नेपालका उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री सम्माननीय श्री ईश्वर पोखरेलेको प्रमुख आतिथ्यमा राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा पनि गायिका खत्रीले उक्त भजन गाउनुभएको थियो । उपप्रधामन्त्री श्री पोखरेलले पनि खत्रीको प्रशंसा गर्नुभएको थियो भने उपस्थित दर्शकदिर्घा समेत उहाँको भजनले मन्त्रमुग्ध भएका थिए । 

प्रधानमन्त्री मोदीले आफ्नो ट्वीट मार्फत गान्धीको सो प्रिय भजनले नेपाल र भारत दुबै देशको मुल्य–मान्यतालाई प्रतिविम्बित गर्ने बताएका छन् ।  

 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0