खोज

तनी सुनबु गोरिया हमार बतिया .. थारु गीतका गायक रत्नदीप चौधरी 

charchaonline

काठमाडौं, एलै पियाके सुर…, तनी सुनबु गोरिया हमार बतिया… लगायतका थारु गीतका गायक रत्नदीप चौधरी अहिलेसम्म दर्जनबढी गीत गाइसकेका छन् । 

मधेली ४, सुनसरी निवासी गायक रत्नदीप चौधरी २०७३ देखि सशस्त्र प्रहरी सेवामा प्रवेश गरे तर २०५५ सालमै पहिलो थारु गीत गाए र नेपाल ललितकला क्याम्पसमा स्नातकोत्तर अध्ययन गरिरहेका चौधरीले आफ्नो गायन रुची सानैदेखिएको रहेको बताए । उनको निकट भविष्यमै गीतको नयाँ एल्बम रिलिज हुने तयारीमा छ ।

गायक चौधरीको स्वरका गीतहरु रेडियो नेपाल सहित देशभरका विभिन्न एफ.एम. बाट पनि प्रशारण भइरहेका छन् । चौधरीले विभिन्न समयमा हुने सांस्कृतिक कार्यक्रममा स्टेज गायनको भूमिकामा स्वर दिइरहेका छन् ।

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0