साहित्य/मनोरञ्जन

बलात्कार र अपहरण यहा कहिले अन्त होला

charchaonline

सुभा सुभाद्री 

बधाई छ मलाई बन्दै छु म आमा
तिम्रो आगमनले परिवारमा खुशीयाली छाउला
सवैको प्यारो  घरमा तिमी हुन्छौ होला
आर्शीवाद का हातहरु तिम्रो लागी बढला ।।

कस्तो कस्तो मनमा कुरा खेल्न थाले अब
सन्तानको रुपमा मैले कसलाई पाउने होला
छोरा होस वा छोरी यसको पिर होइन
पिर मात्र एउटै छ असल हुने हो होईन ।।

हेर्दा हेर्दै नौ महिना पुरा भयो आज
तयारी छ अब मेरो सन्तान आउन बाहिर
डरको सिमा रहेन मलाई आज यो समयमा
गर्व भित्र त सुरक्षित थियौ,बाहिर हुन्छ हुन्न ।।

छोरा भए डर लाग्छ इज्जत दिन्छौ दिन्नौ
छोरी भए डर लाग्छ कसको सिकार  हुन्छेउ
कस्तो संस्कार दिउ खोइ कस्तो शिक्षा दिउ
वरीपरीको वातावरण कस्तो  होला कुन्नी।।

शिक्षा राम्रो पाए वालक हुन्छ असल भन्थे
कसरी गरौ विश्वाष जहा छैन कुनै भर
जहा गर्छन शिक्षित व्यति आफै गलत काम 
कसरी गरू स्वागत आफ्नो सन्तानलाई भन्न्।।

बलात्कार र अपहरण यहा कहिले अन्त होला
सूकर्मको स्वागत यहा कहिले देखी होला
सन्तान यहा सवै आमाको कसरी असल होला
यो संसारमा वालकहरु कसरी सुरक्षित होला।।

  
शिक्षा र ज्ञानमा लागेको गर्हण कहीले अन्त होला
नया बिहानीको सुरूवात कहिले देखी होला

मानसमान्नको लहर यहा कहीले देखी होला
म जस्तै आमाहरू कहिले ढुक्क होलान्।।

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0