राजनीति

प्रदेश नं. २ प्रदेशसभाको प्रथम अधिवेशन सम्पन्न

charchaonline

महेन्द्रनगर धनुषा, प्रदेश नं. २ प्रदेशसभाको प्रथम अधिवेशन आजबाट सम्पन्न भएको छ । 

प्रदेशसभाको आज बसेको २६ औं बैठकले राति १२ बजेपछि लागु हुने गरी प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको घोषणा गरिएको हो । 

बिहीबार बसेको बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाउनुभएको पत्र सभामुख सरोजकुमार यादवले पढेर सुनाउँदै पहिलो अधिवेशन अन्त्य भएको घोषणा गर्नुभयो । 

वैठकमा प्रदेशसभाको नियमावलीसम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको छ । 

प्रथम अधिवेशन सम्पन्न हुँदासम्म सरकारद्वारा पेश भएको आठ विधेयकमध्ये दुईवटा सभाबाट पारित भई प्रमाणीकरण समेत भइसकेको छ भने दुईवटा विधेयक प्रक्रियामा रहेको छ । चारवटा विधेयक सचिवालयमा दर्ता भएका छन् । 

त्यसैगरी आजदेखि लागु हुने गरी प्रदेश २ को प्रदेशसभामा प्रमुख विपक्षी दलको नेताका रुपमा नेपाली काँग्रेसका संसदीय दलको नेता रामसरोज यादवलाई मान्यता प्रदान गरिएको छ । 

सभामुखस्तरीय निर्णयअनुसार नेता यादवलाई विपक्षी दलको नेताको रुपमा मान्यता दिइएको व्यहोरा उल्लेखित पत्र बुझाइएको छ । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0