राजनीति

प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद गर्नुको कुनै अर्थ नरहेको :अध्यक्ष उपेन्द्र यादव

charchaonline

विराटनगर, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । 

संविधानलाई मधेशी, आदिवासी जनजाति सबैको सर्वस्वीकार्य र अपनत्व कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै उहाँले ‘पार्टी फुट्नुभन्दा जुट्नु’ राम्रो हुने भएकाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकतालाई आफूले सकारात्मक रुपमा लिने जानकारी दिनुभयो ।

 नीति र सिद्धान्तका आधारमा हुने पार्टी एकताले पार्टी दिगो एवम् लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्दै फरक प्रसंगमा कुनै पनि संसद्लाई आरोप लाग्नासाथ निलम्बन गर्न नहुने बताउँदै उहाँले गम्भीर आरोप नलागेसम्म वा अदालतले अपराध प्रमाणित नगरेसम्म निलम्बन कानूनको दुरुपयोग हुने बताउनुभयो । 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0