परराष्ट्र मामिला

प्रगतिशील भारतीय लेखक नेपालमा, सहकार्यले नेपाल र भारतबीचको सम्बन्ध मजबुत

charchaonline

काठमाडौँ, राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले आज प्रेस काउन्सिल नेपालको कार्यालयको अवलोकन भ्र्रमण ग¥यो । 

भ्रमणका अवसरमा काउन्सिलद्वारा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले आपसी सहकार्यबाट नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो । 

संघका महासचिव ईशुमधु तलबारले दुई देशका लेखक, पत्रकारबीचको सम्बन्धलाई बलियो बनाउँदै यस क्षेत्रलाई अरु ऊर्जाशील बनाउनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा काउन्सिलका सदस्य सुदर्शन आचार्य, गोविन्दप्रसाद चौलागाईं, चेतनाथ धमला, मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंह र काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाललगायतको सहभागिता रहेको थियो । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0