राजनीति

प्रधानमन्त्री ओलीले आफ्नै क्याबिनेटका मन्त्रीहरुलाई विश्वास गरेन : सांसद डा अमरेशकुमार सिंह

charchaonline

काठमाडौँ, सदनमा हालै सम्पन्न भारतीय प्रधानमन्त्रीको नेपालको राजकीय भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी र सहमतिको विषयमा बहस भयो । भ्रमणका सवालमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रमक भएर प्रस्तुत भएको छ।

संघीय संसद्, प्रतिनिधिसभाको बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको थियो । 

प्रमुख प्रतिपक्षी दलका सांसदले सदनमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक भ्रमण मात्र भएको टिप्पणी गर्दै नेपाल र भारतबीच विगतका भएका सहमतिलाई कार्यान्वयमा ल्याउन माग गर्नुभयो । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा अमरेशकुमार सिंहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि जारी १६ बुँदे संयुक्त विज्ञप्तिमा अपुरो कुरा आएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सदनलाई भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं कुराकानीका विषयमा राख्नुभएको अभिव्यक्ति अधुरो आएको बताउनुभयो ।

 मन्त्रालयलाई उपेक्षा गर्दै प्रधानमन्त्रीले एक्लाएक्लै भेटेकोमा सिंहले आपत्ति जनाए।  मन्त्रालयका प्रतिनिधि नराखिनु आपत्तिको विषय भएको आरोप लगाउँदै नेपालको संस्थालाई कमजोर पार्ने काम भएको बताए। प्रधानमन्त्री ओलीले आफ्नै क्याबिनेटका मन्त्रीहरुलाई विश्वास नगरेकोसमेत आरोप लगाए।

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताउनुभएको छ । 

उहाँले विगतका विभिन्न प्रतिबद्धता हुने कार्यान्वयन सुस्त हुने परम्परालाई यस पटकको भ्रमणले अन्त्य गरेको चर्चा गर्दै समयबद्ध कार्यान्वयनमा यस पटकको सहमति भएको बताउनुभयो । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0