परराष्ट्र मामिला

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

charchaonline

मुक्तिनाथ, मुस्ताङ, नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ । 

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराउनुभएको थियो । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गर्नुभएको थियो । 

भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहनुभएको थियो । उहाँ आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट यहाँ आउनुभएको थियो । उहाँ आजै बिहान काठमाडौँ फिर्ता हुनुभएको छ । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0