राजनीति

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

charchaonline

काठमाडौँ, पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिई एकता संयोजन समितिमा प्रस्ताव गर्ने जिम्मेवारी पाएका दुई अध्यक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सोबारे निर्णय लिने बुझिएको छ । 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरुबीच ती विषयमा छलफल भएको र त्यो सकारात्मक रहेको बताउनुभयो । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0