परराष्ट्र मामिला

भारतीय प्रमको नेपाल भ्रमण कार्यक्रम स्वीकृत,वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण

charchaonline

काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । 

भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । 

बैठकले कारागारसम्बन्धी प्रचलित कानूनलाई संशोधित र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ । 

त्यस्तै बैठकले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो । 

उक्त निर्देशिकाअनुसार विदेशी रोजगारदाता कम्पनीहरुले नेपाली श्रमिकको माग गर्दा सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गराउनुपर्नेछ । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0