राजनीति

जारी केन्द्रीय समितिको बैठक स्थगित गरेर अध्यक्ष यादवले साहलाई पार्टी प्रवेश गराए

charchaonline

काठमाडौं,बौद्धिक व्यक्तित्व तुलानारायण साह सहित इंजीनियर र व्यवसायीहरुको समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

फोरम नेपालको नीति, सिद्धान्त, रणनीति र कार्यदिशालाई स्वीकार र समर्थन गर्दै उनीहरुले फोरम नेपालको पार्टी सदस्यतालिएका छन् । 

काठमाडौंमा फोरम नेपालको जारी केन्द्रीय समितिको बैठकमा बिहिबार पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका छन् । बैठकलाई केहीबेर स्थगित गरेर सम्पूर्ण केन्द्रीय सदस्यको उपस्थितिमाअध्यक्षयादवले उनीहरुलाई पार्टी प्रवेश गराए । 

पार्टी प्रवेश गर्नेमा मधेशका बुद्धिजीवि सप्तरीका तुलानारायण साह, सर्लाहीका इंजीनियर मनोज वर्मा र धनुषाका देवनाराण यादव, व्यवसायीहरु सिरहाका रुद्रराज डोटेल र रेणु यादव रहेका छन् । 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0