About Us

नमस्कार !
अनलाइन खबरको भिंडमा एकदमै नौलो एवं आकर्षक ढंगबाट ‘चर्चाअनलाइन’ लिएर यहाँहरु माझ आएका छौँ । आशा छ अन्य अनलाईन समाचार संस्थाहरु सरह पूर्व मेचीदेखि पश्चिम महाकालीलगायत देश बाहिर रहनु भएका हाम्रा आदरणीय पाठकहरुलाई मुलुकका विभिन्न गतिविधिहरुलाई समाचारको माध्यमबाट र अन्य विविध विचारहरुलाई समेट्दै यस अनलाईन मार्पmत सुसूचित गर्ने जमर्को चलाएका छौँ । हामी यहाँहरुलाई विश्वास दिलाउन चाहन्छौँ कि हाम्रो अनलाईनबाट प्रसारित समाचार, लेख, रचना, स्वास्थ्य, मनोरञ्जन आदि समाचारहरु सत्यतथ्यमा मात्रै आधारित रहेर प्रसारण गर्ने प्रण गरेका छौँ । अतः कुनैपनि भेदभाव नराखी एकपक्षीय ढंगबाट हाम्रा समाचारहरु अवश्य पनि प्रसारण गरिने छैनन् । यसप्रति विश्वास दिलाउँदै सदैव हाम्रो प्रयास रहन्छ कि हामीले प्रसारण गरेका समाचारहरु निस्पक्ष र भेदभावरहित हुनेछन् । यसका लागि विगतमा पत्रकारिताको क्षेत्रमा लामो समय अनुभव प्राप्त गर्नुभएका कर्मठ एवं लगनशील पत्रकार, कर्मचारी एवं सल्लाहकार साथीहरु हुनुहुन्छ । हाम्रो संयुक्त टिम दिनरात कार्यरत रही पाठकहरुका लागि खटिनुभएको छ । निश्चय नै यहाँहरुलाई प्रस्तुत गरिएका समाचार एवं लेख आदिले सुसूचित गर्ने नै छ ।

हाम्रा पाठकहरु समक्ष प्रस्तुत गरिएका समाचार–लेख आदि पढेपछि यसको अनुभव अवश्य गर्न सक्नु हुनेछ । अभ्यासका क्रममा केही त्रुटीहरु भएमा यस ‘चर्चाअनलाइन’ लाई भविष्यमा अझ बढी सशक्त एवं विश्वासिलो समाचारको माध्यम बनाउनका लागि यहाँहरुसँग भएका सल्लाह सुझावको अपेक्षा गर्दै हामीले प्रस्तुत गरेका समाचारहरुलाई रुचाइदिनुहुन्छ भन्ने आशा गरेका छौँ ।
                                                                                                                                       –    सम्पादक/प्रकाशक 
 

0
0
0